काठमाडौं, २९ मंसिर । पार्टी एकतासम्मको योजना बनाएर चुनावमा होमिएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका शिर्षनेताहरु अब कसरी अघि वढ्ने भन्ने बारेमा गृहकार्य शुरु गरेका छन् । सोही क्रममा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आजको वसाईमा दुबै नेताहरुबीच पार्टी एकताको विषयलाई सकेसम्म छिटो टुग्याउने गरी भटवार्ता सकिएको छ । निर्वाचनपछि प्रचण्ड र ओलीबीच पहिलो पटक भएको सो भेटमा दई नेताहरुबीच पार्टी एकताको विषयलाई सकेसम्म छिटो टुग्याउने र सरकार गठनका विषयमा छलफल भएको बताइएको छ ।
दुई नेताहरुबीच चुनावी नतिजा, पछिल्लो राजनीति र राष्ट्रिय सभा गठनका विषयमा छलफल भएको बताइएको छ । साथै छलफलमा अब सरकारको नेतृव्त कसले गर्ने र सरकार गठनमा कसरी अघि वढ्ने बारेमा पनि छलफल भएको जनाइएको छ ।