इन्द्रेणी संवाददाता
दाङ, २७ मंसिर । दाङमा प्रहरीले १३ सय लिटर भन्दा वढी अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
विभिन्न स्थानबाट वरामत गरिएको मदिरा आज घोराहीको वडा प्रहरी कार्यालयले नष्ट गरेको हो । गाउँ गाउँमा अबैध मदिरा उत्पादन गर्ने र सोही खाएर अपराधको ठूलो रुप लिने गरेको प्रहरीको आँकलन छ ।
यसरी अबैधरुपमा मदिरा उत्पादन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको समेत वडा प्रहरी कार्यालयले बताएको छ ।
