इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति दाङ क्षेत्र नं. २ का संयोजक हेमराज शर्मा ‘डायमण्ड’ ले मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भई वाम गठबन्धनका पक्षमा मतदान गरेकोमा सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गरी संयुक्त वाम गठबन्धन प्रतिनिधि सभा क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको संयोजकको तर्फबाट हार्दिक आभार व्यक्त गरेका हुन् ।
‘यस निर्वाचनलाई सफल बनाउन मलाई सहयोग गर्नुहुने नेपाल सरकार, निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यम, सञ्चारकर्मी, बुद्धिजीवी, व्यवसायी, प्राध्यापक, शिक्षक, वकीललगायत सम्पूर्ण पार्टीपंक्ति नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेका कार्यकर्ताहरुप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।
