सागर थापा
दाङ, २६ मंसिर । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख डिएसपि प्रकाश सापकोटाले समाजमा रहेका गुण्डा गर्दी तत्काल नियन्त्रण गर्ने बताए ।

25276365_1980215312303540_1747011140_nतुलसीपुरलाई सुरक्षित दाङ बनाउने र कानुन भन्दा माथि कोही छैन गल्ति गर्ने जो कोहिलाई पनि नछोड्ने बताए । उनले तुलसीपुरमा फरार अपराधिको खोजतलास र पक्राउ गर्न का त्तकाल अगाडि बढ्ने बताए । तुलसीपुरमा हालसम्म पनि फरार अपरधिहरु पक्राउ पर्न सकेका छैनन् । प्रहरी प्रमुख डिएसपि सापकोटाले गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै कसर बाँकि नराख्ने बताए ।

सापकोटाले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताए ।