चितवन, २६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले चितवन क्षेत्र ३ वाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
क्षेत्र नं ३ को मत गणाना सकिएपछि चितवनको मतगणना कार्य सकिएको छ । चितवनका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले अहिले भारतपुरस्थित चितवन मावीको प्रांगणमा सांसदका प्रमाणपत्र वितरणको औपचारिक कार्यक्रमको आयोजना गरेको छ । निर्वाचित सबैले सांसदका प्रमाणपत्र बुझेका छन् ।
चितवन ३ मा प्रचण्डका प्रतिस्पर्धी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले मञ्चमै पुगेर प्रचण्डलाई बधाई दिएका छन् । पाण्डे पनि मञ्चमा बसेका छन् । कार्यक्रममा चितवनका सबै उम्मेदवार जिल्ला न्यायाधिश, सिडियोलगायत सुरक्षा निकायका प्रमुखहरु र सबै राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको छ ।











