इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि फराकिलो विजय भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राजु खनाललाई १४ हजार १ सय ४५ फराकिलो मतान्तरले विजय भए । महराले ४० हजार ४२ मत प्राप्त गरे भने खनालले २५ हजार ८ सय ९७ मत ल्याए ।

mat1महरा यस्ता नेता हुने कहिल्यै चुनाव नहार्ने नेता हुन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा दाङबाटै भारी मतले विजय भएका थिए भने त्यसपछिको संविधान सभाको दोस्रो निर्वाचनमा रोल्पाबाट विजय भएका थिए ।

maharaअहिले फेरि दाङबाट भारी मतले विजय हाँसिल गरेका छन् । यति मात्रै होइन महरा माओवादीभित्र एउटा भाग्साली नेताका रुपमा पनि चिनिन्छन् । उनी माओवादी सरकारमा जाँदा हरेक पटक कुनै न कुनै मन्त्रीको जिम्मेवारी समाले । कहिले उपप्रधानमन्त्री त कहिले अर्थमन्त्री, सञ्चारमन्त्रीलगायतका मन्त्रालय समाले । महरा विदेशी राष्ट्रसँग राम्रो कुटनितीक सम्बन्ध भएका र विकासवादी नेता पनि हुन् । उनी सरल, शान्ति र सालीन व्यक्तित्वका रुपमा पनि मानिन्छन् ।

को हुन महरा, उनको पृष्टभूमि के हो ?

बुवा: स्व. रविचन्द्र महरा
आमा: स्व. समुन्द्रदेवी महरा
जन्म मिति:२०१५ असार १५
जन्म स्थान: रोल्पा लिवाङ–७ धारापानी

शिक्षा : 
– एसएलसी, श्री बालकल्याण उच्च मावि लिबाङ रोल्पा
– प्रवीणता प्रमाण पत्र तह (विज्ञान), महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज (टियू)
–  स्नातह तह (शिक्षाशास्त्र), त्रिविवि नेपाल (पोखरा)

राजनीतिक यात्रा
–  २०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
– ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि
– २०३७ मा तत्कालीन नेकपा चौमको पार्टी सदस्यता प्राप्त । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य
– २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू. आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
– २०४१ देखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री
– २०३६ देखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण ।
– २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी (डिसिएस)
– २०४८ को निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
– २०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता
– २०५० क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ने.क.पा. (एकता केन्द्र)
– २०५१ पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा. (माओवादी)
– २०५३ असार केन्द्रीय सदस्य, ने.क.पा. (माओवादी)
– २०५५ पोलिटब्यूरो सदस्य, ने.क.पा. (माओवादी)
– २०५८ तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक
-२०६० तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता
– २०६१ पार्टी प्रवक्ता ने.क.पा. (माओवादी)
– २०६२ स्थायी समिति सदस्य ने.क.पा. (माओवादी)
– २०६२ असोज सेक्रेटारियट सदस्य, केन्द्रीय समिति ने.क.पा. (माओवादी)
– २०६३ तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक
– २०६३ पौषमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता
– २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री, सरकारको प्रवक्ता
– २०६४ चैतमा सम्पन्न निर्वाचनबाट दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित
– २०६५ भाद्र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता
– २०६५ पार्टी एकतापछि एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समिति सदस्य
– २०६६ अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एकीकृत ने.क.पा. (माओवादी)
– २०६७ एकीकृत ने.क.पा. (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री
– २०६९ एकीकृत नेकपा (माओवादी) सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख
– २०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
– २०६९ एकीकृत नेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज
– २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित ।
– २०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित
– २०७४ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
– २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्य ।
– २०७४ प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित ।

mahara & shankar