केशरमान बुढाथोकी
दाङ । दाङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका प्रभावशाली नेता तथा बहालवाला उपप्रधानमन्त्री कृष्णबहादुर महरा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद राजु खनाललाई  १४ हजार १ सय ४५ मतले पछि पार्दै नेता महरा बिजयी भएका हुन् । महराले ४० हजार ४२  मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राजु खनालले २५ हजार ८ सय ९७  मत प्राप्त गरेका छन् ।

mahara - janata

आफ्नो राजनीतिक यात्रा सुरुवात देखि नै कहिले पनि चुनाव नहार्ने नेताको छवी बनाएका नेता महराले २०४८ सालको निर्वाचनमा रोल्पाबाट चुनाव जितेका थिए । त्यसयता देशमा भएको जनयुद्धका बेला पनि उत्तिकै चर्चामा रहेका नेता महराले देश शान्ती प्रक्रियामा आएपछि २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट चुनाव जितेका महरा २०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा रोल्पा बाट चुनाव जितेका थिए ।

Mahara photo

जन्मथलो रोल्पा भएर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने हैसिएत राख्ने नेता महराले अब भने दाङ लाई आफ्नो कर्मथलो बनाउने बताए । बिजयी नेता कृष्णबहादुर महरालाई इन्द्रेणी अनलाइनको तर्फबाट पनि हार्दिक बधाई ।