तुलसीपुर, ४ असार । तुलसीपुर नगरपालिका ४ शिवनगर दाङ्गमा वालवालिकाको विकासका लागि वाल क्लव गठन गरिएको छ । वडाका वालवालिकाको भेलाले सन्तोष अधिकारीको अध्यक्षतामा १५ सदस्यिय शिवनगर वाल क्लव गठन गरेको हो । समितिका उपाध्यक्षमा शर्मिला नेपाली, सचिवमा सनम वुढाथोकी, कोषाध्यक्षमा सुवोध केसी लगायतका रहेका छन् ।

pal-vector-clipart-of-a-group-of-diverse-children-by-bnp-design-studio-16 शिवनगर टोल विकास संस्थाका अध्यक्ष इश्वरीप्रसाद गैरेको अध्यक्षता वसेको भेलाले क्लवको गठन गरेको हो । सोही अवसरमा क्लवका वालवालिकाका लागि तालिमको समेत आयोजना गरिएको थियो । तालिममा पत्रकार वसन्त विवश आचार्य, नगरपालिकाका वडा सचिव सञ्जय गुप्ता, शिक्षक हुमवहादुर केसी लगायतले विविध विषयमा प्रशिक्षण दिनुभएको थियो कार्यक्रमको सहजिकरण सचिव सुभाष पोख्रेलले गरेका थिए ।