इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यमा काग्रेसका उम्मेदवार दीपक गिरी अगाडी देखिएका छन् । उनले बाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीलाई पछि पार्दै अग्रता लिएका छन् ।
अहिलेसम्मको मत परिणाममा गिरीले ८ सय ७ र केसीले ७ सय ६८ मत ल्याएका छन् । त्यस्तै माओवादीका जगतप्रसाद शर्माले ७६६, डिल्लीबहादुर चौधरीले ६९५, क्षेत्र नम्बर ३ (ख) उत्तरकुमार वली ८०७ बुद्धिराम भण्डार ५८९ मत प्राप्त गरेका छन् ।











