दाङ, २० मंसिर । भोली मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको दोस्रो निर्वाचनको सम्पूर्ण काम पूरा भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

jilla-policeजिल्लाका ३ निर्वाचन क्षेत्रका एक सय ५१ मतदानस्थल र ३ सय ९४ मतदान केन्द्रको सबै काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । हिजो र आज सबै मदतान केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम भइरहेको र अन्य सबै काम पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

त्यस्तै निर्वाचन आउन केहसमयमा मात्रै बाँकी रहदा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । करीव ४ हजार वढी सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षा व्यवस्था कत्यन्त कडा पारिएको जिल्ला सुरक्षा संयन्त्रले जनाएको छ ।