धनकुटा, २० मंसिर । चुनावको मौन अवधिमा मतदातालाई पैसा दिएर भोट अरिद गरिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का एक नेता पक्राउ परेका छन् ।
मंगलबार राति पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) धनकुटा–२ का वडा समिति अध्यक्ष राजकुमार राई १ लाख ६९ हजार ५ सयसहित पक्राउ परेका हुन् । राईसँग रहेका अन्य दुई जना भने फरार रहेका छन् ।