काठमाडौं, २० मंसिर । सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम ९राजधानी० र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

Pm-office-1प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रस्तावसमेत तयार पारिसकेको छ । ‘प्रस्ताव तयार भइसकेको छ, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ,’ स्रोतले भन्यो । प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ ।

font-768x517प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहिले नै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो, तर सो निर्णयले निर्वाचन परिणामलाई समेत प्रभाव पार्ने भएपछि सरकारले तयारी अघि नबढाएको हो । यसअघिका मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएका थिए ।

मुकाम नतोकी प्रदेशको प्रमुख तोक्न नमिल्ने भएकाले आयोगले एउटै बैठकबाट प्रदेश मुकाम तोक्ने र प्रदेश प्रमुखको नामसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ । नयाँ पत्रिकाबाट