तुलसीपुर, १९ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचन सुरक्षाका क्रममा खटिएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
उनले मृतक चौधरीको घरमै आयोजना गरिएको श्रद्धान्जली सभा कार्यक्रममा २५ हजारको चेक हस्तान्रतण गरेका हुन् । “दुःखमा परेकालाई मानवियताको आधारमा सहयोग गर्नु हाम्रो दायित्व हो”, पाण्डेले भने । प्रमुख पाण्डेले छोरीको लालन पालन, शिक्षा र श्रीमतिलाई रोजगारका लागि पनि उपमहानगरपालिकाले पहल गर्ने उनले बताए ।
