घोराही १७ मंसिर । नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ को मिलन चोकमा तीन दर्जन वढी नेपाली काग्रेसका कार्यकता एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश एकका उम्मेद्वार शंकर पोख्रेलले टिका लगाएर नेकपा एमालेमा प्रवेश गराएका हुन् । प्रदेश सभाका समानुपातिकका उम्मेद्वार बलीभद्र राणाको विशेष पहलमा पाटी प्रवेश गराइएको हो ।
कार्यक्रममा रेखा धिताल, रञ्जिता पुन, निर्मला पुन, सोनु रुचाल लगायतका प्रवेश गरेका थिए । नव प्रवेशिहरुलाई उचित पाटीमा मूल्याङ्कन गर्ने बताइएको थियो ।