इन्द्रेणी संवाददाता
दाङ १७ मङ्सिर । जन्मथलो रुकुम भई दाङमा विभिन्न पेसा र ब्याबसाय गरेर बस्ने बाम गठबन्धन समर्थक रुकुमेलीहरुको बृहत भेला भोली दाङको घोराहीमा हुने भएको छ ।

24474748_1638191066244226_1242333451_oभोलि पत्रकार महासंघको हलमा उपप्रधानमन्त्री नथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराको प्रमुख आतिथ्यता र क्षेत्र नं. २ (१) का प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेलको विशिष्ट आतिथ्यमा हुने रुकुमेली एकता समाजका सचीव बिनोद केसीले जानकारी दिएका छन् ।

विहान ११ बजे हुने कार्यक्रममा सहभागी भइदिन समाजले सबलाई अनुरोध गरेको छ । १६ गते हुने भनिएको सो कार्यक्रम समाजका सुवेच्छुक नरेश थापाको निधन भएका कारण भोलि गर्न लागिएको समाजले जनाएको छ ।