तुलसीपुर, १६ मंसिर । नेपाली काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले शुक्रवार तुलसीपुर बजारमा वहृत घरदैलो गरेका छन् । काँग्रेसका भातृ संघ संगठन तथा सुवेच्छुकहरुको सहभागीतामा घर दैलो गरीएको हो ।

IMG_1008काँग्रेस क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य दिपक गिरी, प्रदेश सभाका क्षेत्र नं ३ क का उम्मेदवार श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीसहित समानुपातिका उम्मेदवारहरुले विभिन्न मतदातालाई भेटि काँग्रेसको पक्षमा मतदिन आग्रह गरेका थिए । उनीहरुले लोकतान्त्र बलियो भयो भनेमात्र उद्योग व्यवसाय फष्टाउने भन्दै लोकतान्त्रीक शक्तिलाई विजय गराउन आग्रह गरेका थिए । त्यसैविच तुलसीपुरको वीपी चोकमा कोण सभा समेत भएको छ कोण सभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव प्रतिनिधि सभा क्षेत्र नं ३ का उम्मेदवार दिपक गिरीले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउन र प्रजातन्त्रलाई स्थायित्व प्रदान गर्न नेपाली काँग्रेसलाई भोट दिनु पर्ने बताएका छन् ।

नेपाली काँग्रेस वडा नं ७ ले आयोजना गरेका कार्यक्रममा बोल्दै गिरीले सो कुरा बताएका हुन । उनले देशमा राष्ट्रियतामाथि खतरा उत्पन्न भएकाले सबै मतदाताले लोकतान्त्रिक शक्तिलाई विकल्पका रुपमा रोज्नुपर्ने समय आएको उल्लेख गरे । गिरीले देशमा अहिले बढ्दै गएको हिंसाको राजनीतिलाई नियन्त्रणमा ल्याउन जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र सुकुम्बासी जनतालाई स्थायी बसोबास गराउनेतर्फ नेपाली काँग्रेसको सरकार आवश्यक रहेको बताए । उनले एकदलिय कम्यूनिष्ट अधिनायकवाद ल्याउन खोजीएको भन्दै त्यस तर्फ सजक हुन सवै कार्यकर्ताहरुलाई आग्रह गरे । उनले यहाँका महिलाहरु युवाहरुलाई रोजगारी र सिप सीकाई उनीहरुलाई रोजगारी दिनुपर्ने बताए । कार्यक्रममा श्रमराज्य मन्त्री प्रदेश सभा क्षेत्र नं ३ कका उम्मेदवार डिल्लीबहादुर चौधरीले यस ठाउँको विकाश गर्ने पार्टी काँग्रेस भएको भन्दै मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे ।

हापुरबासीको नजरमा शिक्षाका दिप ‘भरत’
घोराही उपमहानगरपालिका–११ निवासी सुनिता गन्धर्व काग्रेसका उम्मेदवारलाई आफुले भोट दिने मात्र होइन अहिले काग्रेसका लागि भोट माग्न गाउँगाउँ पुग्ने गरेकी छिन् । यस पटकको निर्वाचनमा नेपाली काग्रेसका प्रदेशसभा उम्मेदवार भरतबहादुर न्यौपाने र प्रतिनिधिसभाका उम्मेदवार राजु खनालका लागि भोट माग्न व्यस्त छिन् उनी । जसको कारण हो उम्मेदवार न्यौपानले गाउँमा विद्यालय स्थापना गरेर पुरै गाउका बच्चाबच्चीहरुलाई पढ्ने व्यवस्था मिलाईदिएकै कारण अहिले पुरै आफनो बस्तीलाई काग्रेसमय समेत बनाएकी छिन् ।

घरदैलोमा घिमीरे
प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले मतदाताको घरघरमा पुगेर मत मागिरहनुभएको छ । मतदातालाई भेट गर्नकालागि मतदाताहरुको घरघरमा पुगेर आफ्ना एजेण्डा सुनाउदै मत मागिरहनुभएका घिमीरेलाई मतदाताहरुले पनि विजयी बनाउने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका घरघरमा पुगेर घिमीरेले भोट माग्ने गरेका छन् । उनले घरमा पुगेर मतदाताहरुको गुनासो र समस्या पनि सुन्ने गरेका छन् ।