इन्द्रेणी संवाददाता
घोराही, ४ असार
दाङका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।sp1

लागुऔषध व्यूरो बानेश्वर काठमाण्डौवाट भर्खरै सरुवा भएर आउनुभएका सिंहले शुक्रावार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरेको परियाचत्मक कार्यक्रममा बोल्दै सिंहले जिल्लामा अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी  लागि पर्ने  बताउनुभएको थियो ।

त्यसका लागि जिल्लामा विगतका समयमा घटेका जघन्य अपराधिक घट्नाहरुको सत्यतथ्य छानविन गर्दै दोषीलाई कारवाहीका लागि तयार रहेको बताउनुभएको छ ।spppp अपराध नियन्त्रणकालागि अपराधलाई राजनीतिवाट टाढा राख्दै प्रहरीले गुण्डागर्दी तह लगाउने बताउनुभएका प्रहरी उपरिक्षक सिहले राजनीतिका नाममा अपराधिलाई प्रहरीले छुट्करा नदिने बताउनुभएको हो ।

त्यस्तै जिल्लामा पराधिक क्रियाकलाप गरी फरार रहेका अपराधीहरुको खोजतलास गर्ने प्रहरीको प्रमुख प्राथमिकतामा रहेको समेत बताउनुभएको थियो । आर्थिक चलखेलक कारण निर्देशले न्याय नपाउने र दोषी बच्ने प्रहरीलाई आरोप रहेको भन्दै प्रहरी प्रमुख सिहले प्रहरीलाई आर्थिक प्रलोभनवाट मुक्त गराउनका लागि आर्थिक आर्थिक पारदर्शिता एव तटस्थतालाई समेत प्रहरीले मुख्य प्राथमिकतामा राखेको बताउनुभएको थियो ।।