तुलसीपुर, १४ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बम विस्फोटमा परी निधन तुलसीपुुर १८ का म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुँपैया राज्यले राहात स्वरुप उपलब्ध गराउने जानकारी दिएका छन् ।

cdo sapविहीवार विहान तुलसीपुर उपमहनगरपालिका वडा नं. १२ क्वाङ्गी स्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन ।

विमा बाफतको १५ लाख र राज्यले राहात स्वरुप उपलब्ध गराउने १० लाख समेत गरि २५ लाख रकम पिडित परिवारलाई उपलब्ध गराइने बताए । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भएपनि चौधरी पहिलो सहिद भएको उनले बताए ।
विनोदकी पत्नि १९ बर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उनकी डेढ बर्षीया छोरी प्रमिसाको अध्यनको व्यवस्थापन गर्ने बताए ।

त्यस्तै राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलिपबहादुर चौधरीले कतव्र्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियम अनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए । उक्त अवसरमा ५ नं. प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले किरिया खर्चको लागि व्यक्तिगत रुपमा प्रदान गरेको २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फवाट एसपी दुर्गा सिंहले नगद २५ हजार गरि ५० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी श्रद्धाञ्जली दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फवाट २५ हजार रुँपैंया किरिया खर्चवाफत चौधरी परिवारलाई उपलब्ध गराउने घोषणा गरेका थिए । मेयर पाण्डेले चौधरीकी डेढ बर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने घोषणा गरेका थिए ।