इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । दाङको तुलसीपुरमा बम विष्फोट हुँदा आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एकजना म्यादी प्रहरी रहेका छन् भने ७ जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

24171952_1633074756755857_571616516_n copy

बमको छर्रा लागेर गम्भीर घाइते

तुलसीवोडिङ स्कुल नजिकै भएको बम विष्फोटबाट घाइते आठ जनामध्ये पाँच जनालाई सामान्य चोट लागेको र उनीहरुको अञ्चल अस्तपाल तुलसीपुरमा उपचार पछि घर फर्किएका छन् भने तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घटनाको कसैले जिम्मा लिएको छैन । वम अज्ञात समूहबाट बनाइएको बताइएको छ । मोटरसाइकलमा आएको केही व्यक्तिले वम विष्फोट गराएको प्रत्यक्ष दर्सीहरुले जनाएका छन् ।

बमबाट घाइतेहरु
१. जेनी डिसी (तुलसीपुर)
२. देवीकुमारी डिसी (सल्यान वागचौर)
३. वमराज सुनार (तुलसीपुर ववई गापा)
४. विनोद चौधरी (ववइ गापा)
५. सुनिता चौधरी (ववई गापा)
६. नरपनी बुढाथोकी (सल्यान दमाचौर)
७. नेवबहादुर खत्री (ववई गापा)
८. हेमराज रामजाली (शान्तिनगर)