इन्द्रेणी संवाददाता

हुम्ला, १२ मंसिर । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताए ।

inpgoउनका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भन्नुभयो । उहाँले विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको पनि बताउनुभयो । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।