इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । दाङ तुलसीपुरको विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटमा पहिलो पटक गाडी पुगेपछि त्यहाँ एक कार्यक्रमको आयोजना गरी उद्घाटन समेत गरीएकोे छ । तुलसीपुर नगर क्षेत्रको विकट क्षेत्र मध्ये मुल्कोट पनि एक हो ।

Untitled-2 copyगाउँमा गाडी पुगेपछि आफुहरुको वषौदेखि गाउँबाट गाडी चढ्ने सपना पुरा भएको स्थानियवासीले बताएका छन् । उनीहरुले प्रत्येक घरधुरीबाट पाँच हजारका दरले उठाएको रकम र अन्य निकाय र व्यक्तिबाट प्राप्त सहयोग संकलन गरी करिव साढे पाँच लाख लगानीमा सडक बाटो निर्माण गरेपछि गाउँसम्म गाडी पुगेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उपभोक्ता समितिका अध्यक्ष दोलक पुनले सयुक्त रुपमा रिवन काटेर बाटो उद्घाटन गरेका थिए ।
बाटो निर्माणका लागी साविक जिल्ला विकास समितिबाट ३ लाख रुपैया, जनसास्कृतिक युवा मुस्कान क्लवको भैलोबाट संकलित रकम ३७ हजार, हाल विदेशमा रहेका स्थानिय व्यक्तिहरु यामबहादुर घर्ती, सुसील पुन र चन्द्रबहादुर वलीले प्रति व्यक्ति २५ हजार रुपैयाका दरले आर्थिक सहयोग गरेका थिए ।