भक्तपुर, १० मंसिर । भक्तपुरमा बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परेको छ । विस्फोट गराउने भने फरार रहेको प्रहरीले बताएको छ ।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरीमा बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

cooker_bombउक्त स्थान नजिकै नेपाली कांग्रेसका प्रदेश सभा तर्फका उम्मेदवार जिवन खत्रीको घर रहको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले बम विस्फोटन गराउन प्रयोग भएको आंशका गरिएको हरियो रंगको हिरो होण्डा बा।११ प ७५८९ नम्बरको मोटर साइकल फेला पारेको छ । प्रहरीले बम विस्फोट भएको स्थानमा प्रेसरकुकरको टुक्रा फेला पारेको छ । उक्त स्थानमा प्रेसर कुकरबम विस्पोट भएको प्रहरीले प्रारम्भिक अनुमान रहेको छ । उता, मध्यपुर थिमीमा समेत बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।