रोल्पा, ७ मंसिर । सिंचाई राज्यमन्त्री अमरसिंह पुनले रोल्पाका सोलार बाँडेर भोट किनिरहेका छन् । उनले जिल्लाका विभिन्न गाउँमा गाडीको प्रयोग गरेर सोलार बाँडिरहेका छन् । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पुनले चुनावी प्रचारप्रसारको गाडीसँगै सोलार बोकेका गाडी हिडाल्ने गरेको बताइएको छ ।

solarलिबाङको टुडिखेलबाट सोलारको व्याट्री गाडीभरि लोड गरेर पार्टी कार्यालयतर्फ लगिरहेको स्थानीयले बताएका छन् । टँुडिखेलमा रहेको चन्द्र इलेक्ट्रोनिक्स अगाडि सूर्य तेलको गट्टामा प्याक गरिएका एक गाडी सोलार व्याट्री मतदातालाई किन्नमा प्रयोग गरिएको बुझिएको छ ।

तस्बिरमा देखिएको यो गाडीमा सोलार व्याट्री लोड गरिँदै छ । तेल भएको बताइए पनि चेकजाँच गर्दा सबै गट्टामा सोलारको व्याट्री रहेका थिए । उक्त गाडी लोड गरिसकिएपछि कांग्रेस पार्टी कार्यालय पुगेको थियो । चुनावी प्रचारप्रसारमा हिडेका गाडीसँगै सोलार व्याट्री बोकेको गाडी पनि गाउँ पसेको पार्टी कार्यालय नजिकका स्थानीय बताउँछन् ।

त्यस्तै गाउँका साधारण मानिसलाई पार्टी प्रवेशको नाटक गर्दै माओवादी र एमालेका जिल्लास्तरका नेतालाई प्रवेश गराएको भ्रम छरेको बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा जाँदै नगएका मान्छेहरुलाई समेत प्रवेश गरेको भनेर भ्रम छरेको भन्दै केही व्यक्तिले विज्ञप्ती समेत जारी गरेका छन् ।