पाण्डव शर्मा
घोराही, ७ मंसिर । उपप्रधानमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर महराले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् ।

mat1विभिन्न ठाउँमा चुनावी सभा गरेका महराले पछिल्लो समय घरदैलो अभियानलाई समेत तीव्रता दिएका छन् । उनले आज विहान मात्रै घोराहीका विभिन्न एक दर्जनभन्दा बढी स्थानमा घरदैलो गरेका छन् । उनी मतदाताहरुलाई खबर नै नगरेर सिधै मत माग्न घर भित्र पसिरहेका छन् ।

महरा पुग्दा स्थानीयहरु निकै खुशी भएका थिए । घोराही स्थित स्थानीय गगन सुवेदीले महरा घरमै आउँदा निकै खुशी भएको बताए । ‘उपप्रधानमन्त्रीले हाम्रो घरको दैलो टेक्नु राम्रो काम हो,’ सुवेदीले भने, ‘हामी उहाँलाई अत्याधिक मतले जिजयी गराउँछौं ।’

प्रतिस्थित लेखापरिक्ष थम्मन अधिकारीको न्यूरोड स्थित कार्यलयमै पुगेर महराले मत मागेका छन् । सो अबसरमा अधिकारीले महरालाई विजयको शुभकामना व्यक्त गरेका थिए ।

भेटका क्रममा महराले दाङलाई राजधानी बनाउन आफू प्रतिवद्ध भएको बताए । ‘मैले अहिलेसम्म संविधान निर्माण र शान्तिप्रकृयामा योगदा पु¥याए,’ महराले भने, ‘अब मेरो पूरै ध्यान विकास र समृद्धितर्फ जान्छ ।’