तुलसीपुर, ७ मंसीर । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ ले चुनावी प्रतिवद्धता बुधवार सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा कोख देखि शोकसम्म नेपाली कांग्रेस आम मतदाताबीच रहने भन्दै पश्चिम दाङको मुहार फेर्न समृद्धिका विभिन्न योजनाहरु अघिसारेको छ ।
प्रतिवद्धतापत्रमा पश्चिम दाङलाइ जोइनिङ सिटिका रुपमा विकाश गर्न तुलसीपुरको विमानस्थललाइ राष्ट्रियस्तरको विमानस्थल बनाउने देखि पश्चिम दाङमा आगामि ५ बर्ष भित्र कृषि विश्वविद्यालय स्थापना गर्ने समेत प्रतिवद्धतामा जनाइएका छन् ।
प्रतिवद्धतापत्रमा स्वास्थ्य क्षेत्रमा गर्भवती देखि सुत्केरी भएसम्मका महिलाहरुकालागी पोषण कुपन, शैक्षिक संस्थाहरुमा प्रोत्साहन पुरस्कार, अनिवार्य स्वास्थ्य विमा, हरेक स्वास्थ्य चौकिहरुमा सय थरीका औषधिहरु ीनशुल्क, ज्येष्ठ नागरीकहरुकालागी सेवा आश्रम गरीविकालागी कम्तिमा बर्षमा सय दिनको रोजगारीलाइ अनिवार्य गराइने उल्लेख गरीएको छ ।
त्यसैगरी तुलसीपुर—सुखेैत सडकको एक बर्षभित्रै कालोपत्रे सहित जिल्लाका सहायक राजमार्गहरुलाइ आउंदो ५ बर्षभित्र ६ लेनका रुपमा स्तरबृद्धि गर्ने समेत उल्लेख गरीएको छ ।
‘यो सानो घोषणापत्रमा हाम्रा सवै योजनाहरु अटेका छैनन, हाम्रा विकाश निर्माणका सवै योजना समेट्न एउटा सय पेजको किताव बनाउनुपर्छ’—चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक गिरीले भने । साथै उनले पश्चिम दाङ मात्रै नभएर समग्र दाङको समृद्धिका योजनाहरु अघि सारिएको बताए । ‘हामी दाङलाइ पांच नंवर प्रदेशको राजधानी बनाउनेमा ढुक्क छौं, त्यसकालागी सवै पुर्वाधारहरु निर्माणगर्न नेपाली कांग्रेस प्रतिवद्ध छ’—गिरीले भने । साथै उनले पश्चिम दाङमा पुर्ण रुपमा सरकारी स्वामित्वको कृषि विश्वविद्यालय स्थापना पांच बर्षििभत्रै हुने भन्दै कृषि क्षेत्रको पहिचान स्थापित गर्न दाङलाइ तोरी जोनका रुपमा विकाश गरीने पनि बताए ।
कर्यक्रममा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ क का उम्मेदवार डिल्ली वहादुर चौधरीले हरेक खेतमा पानी र हरेक खोलामा पक्कि पुलको अभियान नेपाली कांग्रेसको भएको भन्दै टरीगाउंको विमानस्थललाइ स्तरउन्नती गरी राष्ट्रिय स्तरको विमानस्थल बनाउने बताए । ‘हाम्रो यो चुनावी प्रतिवद्धतामा धेरै कुरा अटाउन सकेका छैनन्, तर हामीले समग्र दाङको समृद्धिसंगै पश्चिम दाङलाइ समृद्ध बनाउन सयौं योजनाहरु अघि सारेका छौं’—चौधरीले भने । विमानस्थलको स्तरोन्नतीकालागी नेपाली कांग्रेसले यसअघिका पर्यटन मन्त्री जिवन वहादुर शाहीलाइ आग्रह गरेर करीव ९ अर्बको बजेट अनुमान गरी सर्भेको काम समेत संपन्न भैसकेको पनि उनले बताए । त्यसैगरी उनले दाङलाइ प्रदेशको राजधानी बनाउनकालागी विभिन्न संघसंस्था र गुठिका नाममा रहेका सार्वजनिक जग्गाहरुको समेत पहिचान गरीसकेको भन्दै अव दाङलाइ प्रादेशिक राजधानी बनाउन जग्गा लगायत कुनैपनि भौतिक पुर्वाधारको कमि नरहेको पनि बताए । त्यसैगरी उनले पुरुषहरु बैदेशिक रोजगारीमा गैरहेको अवस्थामा स्थानिय स्तरमा महिला स्वरोजगारका लागी दाङमै स्वरोजगारीकालागी तालिम केन्द्र सन्चालनको तयारी समेत भएको बताए । ‘केहि दिनमै पश्चिम दाङमा एउटा महिला स्वरोजगार तालिम केन्द्रको स्थापना हुने छ, चौधरीले भने हामी आम महिला दिदिवहिनिहरुलाइ रोजगारीको अवसर प्रदान गर्ने अभ्यासमा छौं ।
प्रतिवद्धतापत्र सार्वजनिककै अवसरमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ प्रदेश २ का उम्मेदवार बुद्धिराम भण्डारीले पश्चिम दाङकालागी कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, यातायात, कृषि लगायत विभिन्न विकाश निर्माणका योजनाहरु नेपाली कांग्रेसकै पहलमा सन्चालनमा आइसकेको बताउंदै विकाश निर्माणका योजनाहरुको निरन्तरताकालागी पनि नेपाली कांग्रेसलाइ भारी मतले विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति कृति वहादुर खड्काले नेपाली कांग्रेसमा यो निर्वाचनमा कुनैपनि गुटउपगुट नरहेको भन्दै भावनात्मक एकतामा बांधिइसकेको नेपाली कांग्रेसको विजय सुनिश्चित भएको बताए । साथै उनले समृद्धिका एजेण्डाहरु नेपाली कांग्रेसका धेरै रहेको भन्दै यो घोषणापत्रलाइ एउटा नमुनाका रुपमा मात्रै लिन आग्रह गरे ।










