इन्द्रेणी संवाददाता
दाङ, ६ मंसिर । नेकपा एकालेका नेता तथा प्रदेश सभा दाङ क्षेत्र नं. २ (१) का उम्मेदवार शंकर पोख्रेलले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि वामगठबन्धनले जितनुपर्ने बताएका छन् । आज दाङको घोराहीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले दाङ जसरी पनि प्रदेश नं. ५ को राजधानी बन्ने बताए ।
वाम गठबनधन चुनाव जित्नका लागि मात्रै नभएर मुलुकलाई स्थायी राजनीतिमार्फ संमृद्धितर्फ लैजानका लागि भएको उल्लेख गर्दै उनले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको चुनावबाट वामगठबन्धनले अत्यधिक वहुमतले जित्ने र मुलुकमा स्थायी राजनीति र सरकार निर्माण गरी आर्थिक संमृद्धितर्फ लैजाने दावी गरे ।
उनले दाङबाट वाम गठबन्धनका सबै उम्मेदवारलाई अत्यधिक वहुमतले जिताउन समेत आग्रह गरे ।