इन्द्रेणी संवाददाता
दाङ ६ मङ्सिर । आफ्ना कार्यकर्तालाई बिना कारण छोपेर हिरासतमा राखेको भन्दै बिना सर्त रिहाइको माग गर्दै विप्लप नेतृत्वको नेपाल कमन्युष्ट पार्टीले दाङ बन्दको घोषणा गरेपछि उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं २ का प्रनिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरा पैदल हिड्दै मतदाताहरुलाई भेट्न निस्केका छन् ।
चुनाव नजिकै आइसकेकाले जनताको गुनासो सुन्न र आफ्ना एजेण्डा मतदाता समक्ष राख्न आफु पैदल हिडेरै मतदाताको घर दैलोमा पुगेको प्रतिक्रिया नेता महराले दिए ।
घरदैलोका क्रममा आम मतदाताहरुले नेता महरालाई आफु जुन पार्टीको समर्थक शुभचिन्तक भएपनि बिकाश प्रेमी नेता भएकाले आफ्नो मत महरालाई नै दिने बताए तर बदलामा स्वच्छ, सफा र हराभरा नगरको रुपमा बिकाश गरि समग्र दाङलाई सम्वृद्ध बनाउने अभिभारा नेता महराको काँधमा सुम्पिदिए ।
भेटघाटका क्रममा महराले अघिल्लो समयावधिमा संबिधान बनाउने ठुलो जिम्मेवारी भएकाले उता तिर केन्द्रित भएको र अब संविधान बनिसकेकाले अबको आफ्नो प्रमुख एजेण्डा नै बिकाश भएकाले आफुले आगामी ५ बर्षमा ५ नम्बर प्रदेश लाई राष्ट्र कै सुन्दर र समुन्नत प्रदेशको रुपमा विकाश गरि त्यसको केन्द्र दाङ बनाउन आफु अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गरे ।
