दाङ, मंसिर ५ । शान्ति निकेतन विद्यालयमा निर्माण गरिएको क्रिकेट पिचको उद्घाटन गरिएको छ । अन्डर नाइन्टिनका नेपाली राष्ट्रिय टिमका क्याप्टेन राजु रिजालले व्यटिङ गर्दै पिचको उद्घाटन गर्नुभएको हो ।

23825618_1654967747874949_1101909297_o

विद्यालयका क्रिकेट खेलाडी सुदन भण्डारीको बलका व्याटिङ गर्दै पिचको उद्घाटन गर्नुृभएका क्याप्टेन रिजालले शान्ति निकेतनका विद्यार्थीहरुको क्रिकेटप्रतिको लगाव देखेर आफू अत्यन्तै प्रभावित भएको बताउनुभयो । विद्यालयले क्रिकेटका लागि भौतिक पूर्वाधार निर्माण गरेर अत्यन्तै प्रसंनीय कार्य गरेको भन्दै नेपाली राष्ट्रिय टिमका खेलाडी समेत रहनुभएका रिजालले यो कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका एमडी सुनिल गौतमले यसै शैक्षिक शत्रदेखि विद्यालयले कितावको संख्या घटाई प्रत्यक दिन १ घण्टी क्रिकेट र नृत्य कक्षाको व्यवस्था गरेको जानकारी दिनुभयो । प्रत्येक वर्ष हरेक अतिरिक्त क्रियाकलाप थप गर्दै लैजाने योजना विद्यालयले बनाएको भन्दै गौतमले शिक्षासँगै संस्कार जोड्दै लगिरहेको बताउनुभयो ।

यसैबीच विद्यालयले दाङमा आयोजित सगरमाथा टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि दाङमा आएका राष्ट्रिय खेलाडीहरुलाई विद्यालयले स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरी विद्यालयले खेलाडीहरुलाई स्वागत गरेको हो । खेलाडीहरु राजु रिजाल, सोनु तामाङ, कृष्ण कार्की, राजवीर सिंह, अमरसिंह रौटेला, इशान पाण्डे, अविनास बोहोरालगायत जिल्लाका क्रिकेट खेलाडीहरुलाई विद्यार्थीहरुले अविर र खादाले स्वागत गरेका हुन् । विद्यालयका क्याप्टेन साजना थारु, भाइस क्याप्टेन तुलसा जीएम र जुनियर रेडक्रस सर्कलका सचिव ममता बस्नेतले खेलाडीहरुलाई स्वागत सम्मान गर्नुभएको हो ।

विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलाडी सोनु तामाङ, राजवीर सिंह, राजु रिजाल, दाङका क्रिकेट खेलाडी देवेन्द्र सिंह ठकुरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल टीका बस्नेतले गर्नुभएको थियो ।