इन्द्रेणी संवाददाता
दाङ, १ मंसिर । दाङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव माओवादीका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । यसरी प्रहरी नियन्त्रणमा रहनेहरुमा घोराहीका वनिन केसी ‘पाटन’ र रुकुम आठविसकोटका धनबहादुर बोहरा रहेका छन् ।
उनीहरुलाई आज घोराहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यी दुई जनासहित दाङमा आठ जना विप्लवका कार्यकर्ता प्रहरी नियन्त्रणमा छन् ।
