इन्द्रेणी संवाददाता
रोल्पा, १ मंसिर। रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गर्दै वम प्रहार भएको छ । केन्द्रका वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई लक्षित गरी बम प्रहार भएको रोल्पा प्रहरीले जनाएको छ ।
आज रोल्पा सुलीचौरबाट लिबाङ जाँदै गरेका माओवादी केन्द्रका वरिष्ठ नेताहरुलाई लक्षित गरी रोल्पा नगरपालिकाको सातदोबाटो र लिबाङको बीचमा पर्ने भदौरे जंगलमा अपरान्ह साढे १२ बजे दुईवटा बम विस्फोट गराईएको हो ।
जंगलबाट प्रहार गरिएको बम नेताहरु सवार गाडिभन्दा १० मिटर जंगलतिर फिस्फोट भएका थिए । बम विस्फोटले कुनै क्षति भएको छैन ।
अहिले बम विस्फोट भएको एरियामा घेराबन्दी गरेर प्रहरीले आक्रमणकारीहरुको खोजी गरिरहेको छ ।
