पाण्डव शर्मा

घोराही । उपप्रधान मन्त्री कृष्णबहादुर महराले आफू अर्थमन्त्री हुँदा आफूले पाँच अर्ब बजेट विनियोजन गरेको बताएका छन् । आज विहान घोराही ४ मा घरदैलो अभियानमा सहभागी महराले आफ्नो निरन्तर विकास निर्माणको अभियानमा रहेको बताएका हुन् ।

mahara - janata

‘यस अघि दाङ वार्षिक करिव १४÷१५ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुने गर्दथ्यो, म अर्थमन्त्री हुँदा दाङमा साढे पाँच अर्ब बजेट विनियोजन भएको छ,’ महराले भने, ‘सडकमा मात्रै पौने तीन अर्ब बजेट विनियोजन गरेको हुँ ।’ ‘राप्ती अञ्चलको समग्र विकासका लागि सबैभन्दा पहिले दाङको विकास हुन जरुरी छ,’ उनले भने, ‘विकास दाङबाट रोल्पा, रुकुम, सल्याण र प्यूठान तर्फ जान्छ, त्यहाँबाट यहाँ आउँदैन ।’

निर्वाचन अभियानमा रहेका महराले दाङका ९ ओटै सिटमा वाम गठबन्धनले चुनाव जित्ने बताए । महराले अब केन्द्रमा आफूले र प्रदेशमा शंकर पोख्रेलले हस्तक्षप गरेर यस क्षेत्रको विकासमा ध्यान दिने जानकारी दिए ।

दाङमा रहेका कांग्रेसका उम्मेवदारहरुको पनि आँफू नेता भएको महराको भनाई छ । ‘उहाँहरुले सरकारमा हस्तक्षप गर्न सक्नुहुँदैन, उहाँहरु संसद् हुँदा पनि यहाँको विकासका लागि मलाई माग पेश गर्न जानुहुन्थ्यो,’ उनले भने, ‘अहिले कांग्रेस समर्थकहरु विभिन्न विकाशे योजना लिएर म कहाँ आइरहनुभएको छ ।’