देउखुरी , २९ कार्तिक। आगामी मङसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मतदातासंंगको भेटघाटलाई तिव्र बनाएका छन् ।
यसै क्रममा क्षेत्र नम्बर १(१) मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका इन्द्रजित थारु जनताको घरआँगनमै आफुलाई जिताउन आग्रह गरिरहनुभएको छ । जनतालाई कूनै निश्चित स्थानमा बोलाएर भाषन सुनाएर फर्काउने चलनचल्ती विपरित जनताको घरदैलोमै पुगेर उनिहरुका दुखसुख , समस्यालाई बुझने प्रयास गरिरहेको थारुले बताउभुयो ।
‘विगतमा यही क्षेत्रबाट संविधानसभा सदस्य बने , संविधान निर्माण पनि गरियो ‘थारु भन्नुहुन्छ ‘ अब देशले संविधान पाईसकेको छ । अबको समय विकासका र समृद्धिका लागि हो । त्यसैले जनताको घरआँगनमा आफै पुगेर उनिहरुको समस्या र आवश्यक्ता बुझने प्रयास गरिरहेको छु ।
जनभेटघाटका क्रममा राप्ती गाँउपालिका—५ कालापानी , वडा नम्बर ४ पिपरखुटी , गोबडिहाका सूपैला लगायत स्थानमा उहाँ पुग्नुभएको छ । हामीले थारुको जनभेटघाटका क्रममा लिईएका केही तस्विर प्रस्तुत गरेका छौं ।
