भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इराकको राजधानी बग्दादमा धेरैले प्राथना गरिरहेका छन् । इरानी समाचार संस्था आइ.आर.आइ.एन.एनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।
इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ । अरु गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । अाइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू बैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।