भीमदत्तनगर, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डीइ) केदार शर्मालाई ६ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।
प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु ६ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।