काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित तथा बहुप्रतिक्षित चिकित्सा शिक्षा अध्यादेशलाई शुक्रबार अनुमोदन गरेकी छिन् । गएको कात्तिक ६ गतेको मन्त्रिपरिषदको बैठकले चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशका रुपमा पारित गरी राष्ट्रपति भण्डारी समक्ष अनुमोदनका लागि प्रस्तुत गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश अनुमोदन गरेकी हुन् ।
अध्यादेशको मस्यौदा तयारी समितिमा सहभागी एक सदस्यका अनुसार विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज, विस्तारित कार्यक्रम र प्रतिष्ठानसमेत खोल्न नपाइने नियम राखिएको छ । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको छ ।
बिहीबार मात्रै डा गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यादेशका सम्बन्धमा असन्तुष्टी जनाएका थिए । भने राष्टपतिले अध्यादेश रोक्न नहुने बताएदै आएका थिए । देउवा सरकारले डा केसीकै माग अनुसार अध्यादेश जारी गरेको थियो ।
प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा संसदमा दलहरुबीच सहमति हुन नसकेपछि संसदमा पेश नै हुन सकेको थिएन । साथै नेकपा एमाले र माओवादी केन्द्रले उक्त प्रस्तावित विधेयकमा असहमति जनाएका थिए । एभरेष्ट दैनिकबाट