इन्द्रेणी संवाददाता
दाङ, २३ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले राप्ती उपक्षेत्रीय अस्पतालको नवनिर्मित भवनको प्रगती विवरण हेर्न आज अस्पताल परिसरमा पुगेका छन् । आफू अर्थमन्त्री हुँंदा उनैको पहलमा राप्ती उपक्षेत्रीय अस्पतालले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानको मान्यता पाएर शुरु भएको भवनको प्रगती के कति भएछ भनेर उनी त्यहाँ पुगेका हुन् ।
महराले प्रतिष्ठान संचालनका लागि आवश्यक पर्ने ३०० शैयाको अस्पतालका लागि अर्थमन्त्री हुँंदा नयाँ भवन निर्माण कालागि २४ कोरोड रुपैयाँ निकासा गरेका थिए । त्यस्तै अस्पतालको पुरानो भवनको माथिल्लो तला थप्न थप ३ करोड रुपैयाँ समेत निकासा गरेका थिए ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेको महराले साविक राप्तीको केन्द्रविन्दु मानिने दाङ लाई स्वास्थ्य क्षेत्रको हव बनाउने बृहत लक्ष्य समेत राखेका छन् । सो क्रममा उनले अस्पतालको भवन निर्मानमा भएको दुरत प्रगतिको उच्च प्रशंसा गर्दै समयमै अस्पताल निर्माण गर्न सम्बन्धित सबैलाई अनुरोध गरे ।