दाङ, २२ कार्तिक । चुनावको विरोध गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिविधिमा तीव्रता दिएको छ । कथित संसदीय व्यवस्थाका विरूद् जनसत्ता निर्माण गर्ने उद्घोष गरेको उक्त पार्टीले कथित चुनाव खारेज गर्नुपर्ने चेतावनी दिएको छ ।

netra bikram chanda biplabउसले चुनाव खारे गर्नुपर्ने भन्दै दाङका सबै उम्मेद्धारका घर घरमा कालो झण्डा गाडेको छ । दाङका प्रदेश तथा प्रतिनिधि सभाका सबै उम्मेद्धारहरुको घरको मूल गेटमा कालो झण्डा गाड्दै दमनको बाटो रोजे कडा कार्वाहीमा उत्रिने नेकपा दाङले जनाएको छ ।

संसदीय व्यवस्था र कथित चुनाव खारेज गरौं, जनसत्ता निर्माण गरौं, शान्ति, स्वाधिनता, समानता र समृद्धिका लागी वैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने नारा लेखिएको कालो झण्डा सबै उम्मेद्धारहरुको घरको मूल गेटमा टाँगेको हो । विप्लवले उम्मेदवारका घर कव्जा गर्ने समेत चेतावनी दिएका छन् ।

faf