दीपबहादुर घर्ती
जाजरकोट, १ असार ।
सार्वजनिक तथा वन क्षत्र अतिक्रमण गरी जिल्लाका विभिन्न ठाउँमा वसोवास गरिरहेकालाई हटाउन वन कार्यालयको अगुवाईमा लहँ र खगेनकोटवाट विशेष अप्रेशन सुरु गरिएको छ । अतिक्रमित क्षेत्रमा वनाईएका घर, टहरा भत्काउनुका साथै, लगाईएको वाली नष्ट गरेर अप्रेशनको सुरु गरिएको हो ।bannnnnnnn

लहँ गाविस ६ मुली पोखरामा अतिक्रमण गरि चलनभोग गर्दै आएको झण्डै ६ हेक्टर जमिन कव्जामा लिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । त्यसैगरी खगेनकोट गाविस ५ र ६ नम्वर वडामा पर्ने वतासे चिउरी वर्मा सामुदायिक वन क्षेत्र भित्र गत जेठ ३० गते देखि थालिएको अप्रेशनवाट १० हेक्टर भन्दा वढी जमिन कव्जा गरिएको जिल्ला वन सहायक अधिकृत नेपाली साहले वताए ।
वतासे चिउरी वर्मा सामुदायिक वन क्षेत्र भित्रका २३ वटा घर मध्य ९ वटा घर पुरै नष्ट गरिएको र १४ वटा घरको केही दिन भित्रै वैकल्पीक व्यवस्था गरी त्यहावाट आफै उठ्ने कागज गराई छाना मात्र फालिएको अधिकृत साहले जानककारी दिए । त्यस क्षेत्रमा थालिएको अप्रेशन नेकपा माओवादी केन्द्रको अनुरोधमा केही दिनका लागी वुधवार देखी वन्द गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिए ।
जिल्ला स्तरमा राजनैतिक पार्टीका नेताहरुसंग छिट्टै वैठक वसी अप्रेशनलाई निरन्तरता दिने अधिकृत पटेलले वताए । उनले दिएको जानकारी अनुसार ५ सय ८५ जनालाई अतिक्रमित क्षेत्र छोड्न यस अघि नै जिल्ला वन कार्यालयले परिपत्र गरिसकेको थियो । जिल्ला वन क्षेत्र समन्वय समितिले लिएको निर्णयका आधारमा थालिएको अप्रेशन यस वर्ष जिल्लाको लहँ, खगेनकोेट, पजारु र थालारैकरमा भएको अतिक्रमणलाई हटाउने योजना वनाएको थियो । वाँकी जिल्लाका अन्य ठाउँमा भएको अतिक्रमणलाई आगामी वर्षमा हटाउने योजना वनाईएको छ ।।