हेमन्त केसी

जाजरकोट १४ कार्तिक । वामपन्थी एकताले देशै भरीका जतता खुसी भएको पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयो । स्थायी शान्ति,सम्वृद्धी र आर्थिक समुन्तका लागि एकता जरुरी रहेकाले जनता खुसी भएको उहाँले वताउनुभयो ।

home-minister-shakti-basnet

जिल्लाको पश्चिम क्षेत्रको थलहमा भएको संयूक्त चुनावी आम सभालाई सम्वोधन गदै वस्नेतले यस्तो दावी गनुभएको हो । वस्नेतले भन्नुभयो “ एकले अर्कालाई गालि गरेर विकास हुँदैन , विकास त सहकार्य ,सहमती गरेर हुँने हो ” । नेपाली कांग्रेसका नेताहरुलाई वस्नेतले भन्नुभयो “ जनता सवैका वरावर हुँन विकासका लागि कित्ता काट गरि जनताको विकासवादी मनलाई निमोठ्ने काम नगरौँ , जिल्लाका सवै ठाउँमा हाम्रो विकास गर्ने लक्ष्य हो , हाम्रा लागि सवै समान हुँन ” । वस्नेत जाजरकोट प्रतिनिधी सभाको वाम गठवन्धनका उम्मेदवार हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय कार्यालय सदस्या समेत रहेका वस्नेतले सम्वोधन गदैँ गर्दा पश्चिमका स्थानीय वासीहरु अव साँच्चिकै वाम दल वीच एकता हुँने भएछ भनी खुसी भएका देखिथे । कार्यक्रममा नेकपा एमालेका जिल्ला स्तरिय नेताहरु र माओवादी केन्द्रका नेताहरु एकै मञ्चमा दल एक एक भएजस्तै गरि वोल्दै कार्यक्रमको रैनक वढेको थियो । सधै एकले अर्कालाई गाली , घोच,पेच मात्र गरेको भाषन गर्ने नेताहरु एकले अर्कोको सम्मान गदै भाषन गरेको देख्दा कार्यक्रम स्थलमा सवैको मुहारमा खुसीयाली छाएको स्थानीय कार्यक्रताहरु वताउछन् ।