इन्द्रेणी संवाददाता
काठमाडौ १३ कार्तिक । वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकालागि प्रदेश २ मा सिट बाँडफाँट टुंगो लगाएका छन् ।
प्रदेश नं २ को प्रतिनिधिसभाका ३२ सिटमध्ये एमालेले १३ र माओवादी केन्द्रले भने १५ सिट पाएको छ । प्रदेशसभाको ६४ सिटमा एमाले ३० सिट र माओवादी केन्द्रले २८ सिट पाएको छ ।
गठबन्धनले महोत्तरी–२, सप्तरी–४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रलाई दिइएको छ । खबर डबलीबाट
