तम्घास, १३ कात्तिक । बुटवलबाट गुल्मीको तम्घासमका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
सोमबार माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा ज्यान जाने र घाइतेहरुको सनाखत हुन सकेको छैन । माइक्रोबस बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।





