शरद पोख्रेल

टोकियो १३ कार्तिक । नेपालबाट बिभन्न स्थानबाट जापानमा गएका नेपालीहरू बिभिन्न समूह तथा समाज बनाएर सहयोग तथा सद्भाब आदानप्रदान गर्ने गरिरहेका छन्। बिभिन्न सेवा समाज तथा सम्पर्क समाज स्थापना गरी एक आपसमा सहयोग आदान प्रदान गर्ने, नेपाली चाड पर्बहरू मनाउने तथा नेपालमा हुने बिपत्तिमा सहयोग गर्ने गरेको पाइएको छ। यसरी जापानमा स्थापना भएका संस्थाहरूमा केही रहर तथा देखासिकी गर्दै स्थापना भएको देखिन्छ। त्यस्ता संस्थाहरू नाम मात्रैमा सिमित छन् जसको संख्या धेरै छ। तर बास्तबिक जिम्मेबारीबोधका साथ सकृयता पूर्बक लागेका संस्थाहरू निकै कम देखिएका छन्।

received_809966952498390जापानमा केही बर्ष अघि राप्तीका बिभिन्न स्थानबाट आएका नेपालीहरूको संस्था राप्ती समाज जापान हाल सामाजिक कार्यमा निकै सकृयता पूर्बक लागिरहेको छ। जापानमा हुने बिभिन्न अन्तराष्ट्रिय कार्यक्रममा संस्थाले आफ्नो दमदार उपस्थिति जनाउदै आएको छ। अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी तथा बिभिन्न कार्यक्रममा राप्ती समाज जापानले नेपालकै प्रतिनिधित्व गरिरहेको जानकारहरू बताउछन्। गएको दिन अगाडि पनि टोक्योमा भएको मल्टी कल्चरल एक्सचेन्जमा १६ देशको चिनारी सहित प्रदर्शनी गरिएको थियो। जसमा राप्ती समाज जापान नेपालको प्रतिनिधित्व गर्दै पुगेको थियो। जापानमा बिभिन्न समस्यामा परेर अलपत्र परेका वा धनजनको क्षति ब्यहोरिरहेका नेपालीलाई समाजले उद्दार गरिरहेको समाजका अध्यक्ष बिश्वेस्वर रेग्मी बताउछन्।

नेपालमा हुने हरेक बिपदमा सहयोगी हात बढाउने राप्ती समाज जापानले भुकम्प पिडित तथा बाढीपिडित लगायत हरेक बिपदमा समाजको सहयोगी बनिरहेको छ। हालै समाजले रोल्पाको एउटा बिद्यालय निर्माण तथा राप्तीका बिभिन्न ठाउकालागि ई लाईब्रेरीको लागि अभियान चलाइरहेको छ।