दाङ, ११ कार्तिक । आउदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एक हजार ५ सय ९३ जना म्यादी प्रहरी छनोट भएका छन् ।

medi policeजिल्ला प्रहरी कार्यालय दाङले प्रनिनिधिसभा र प्रदेशसभाको निर्वाचनको शान्ति सुरक्षालाई सहयोगी भूमिका निर्वाह गर्नका लागि शुक्रवार मात्रै जिल्लामा एक हजार ५ सय ९३ जना म्यादी प्रहरी छनोट भएको सूचना प्रकाशित गरेको छ ।

सरी छनोट हुनेमा एक हजार एक सय २३ पुरुष र चार सय ४० जना महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै ३ सय १९ जनालाई बैकल्पीकको सूचीमा राखिएको छ । म्यादी प्रहरीका लागि करीव ५ हजार जनाले फाराम दर्ता गरेका थिए । सरकारले प्रदेश र प्रतिनिधिसभाका लागि देशभर करीव ९८ हजार म्यादी प्रहरीको लागि आह्वान गरेको थियो ।