
काठमाडौं ११ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन बामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले एकतावद्ध भएर चुनावी अभियानमा जुट्न पार्टीपंक्तिलाई आग्रह पनि गरे । शुक्रबार बालुवाटारमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ-गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहन पनि जोड दिए । कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथिनै प्रहार गरेकालेसंविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा कांग्रेस विजयी हुनुको विकल्प नरहेको दावी गरे । अनलाइन खबरबाट










