काठमाडौँ, १० कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालले आफुहरुलाई समग्रमा ५५ र २ नम्बर प्रदेशमा २३ सिट माग गरेको छ । माफूले मागेको अनुसार सिट नपाए काङ्ग्रेससँग चुनावी तालमेल नगर्ने चेतावनी दिएका छन् ।

rajapa-foramराजपा र संघीय समाजवादी फोरमले ५५ सिटको दावी नछोडेपछि नेपाली काङ्ग्रेसलाई चुनावी तालमेल कठिन र महङ्गो पर्ने देखिएको छ । संघीय समाजबादी फोरमका नेता तथा संसफोका तर्फबाट कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठले भने ‘ गठबन्धन त बन्दैन नै काङ्ग्रेसले हामीसँगको चुनावी तालमेल गर्छ भने हामीलाई ५५ सिटको सुनिश्चित हुनुपर्छ नत्र तालमेल पनि हुँदैन ।’

यसरी पहिले तालमेलको आस्वासन देखाएका राजपा र फोरमका नेताहरुले यस्तो चेतानी दिएपछि काङ्ग्रेसले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नातर्फका उम्मेदवार छान्न सुरु गरेको छ । हिजो मात्रै २२ जना शीर्ष नेताको टुङगो लगाएको काङ्ग्रेसले आज पनि संसदीय समितिको बैठक बोलाएर थप उम्मेदवार र निर्वाचन क्षेत्र तय गर्दैछ ।