इन्द्रेणी संवाददाता

दाङ ९ कार्तिक । लामो समयको रस्साकसी पछि  दाङ क्षेत्र नं २ बाट संघको चुनावमा माओवादी केन्द्रका प्रभावशाली नेता तथा बहालवाला उपप्रधानमन्त्री कृष्णबहादुर महरा भिड्ने भएकाछन ।

Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

पहिलो संविधान सभाको चुनावमा यहि क्षेत्रबाट भारी मतले बिजयी भएका नेता महराले संविधान जारिपछी संघको पहिलो चुनावमा यहि क्षेत्रलाई आफ्नो आधार मानेर केही समय अघि उम्मेदवारी घोषणा गरेका थिए ।

एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले समेत दाबी गरेको दाङको यश क्षेत्रमा माओवादी केन्द्र र नेकपा एमाले बिच चुनावी तालमेलको घोषणा पछि दुबै नेताले आफ्नो दाबी यथावत राखेपछि केही समय विवादित बनेको थियो ।

दुबै दलका शिर्ष नेताको निर्देशनमा दाङको क्षेत्र नं २ मा संघको लागि गठबन्धनबाट नेता कृष्णबहादुर महरालाई अघि सार्ने निर्णय भएको हो भने प्रदेश नं ५ को मुख्य मन्त्री बनाउने गरि नेता पोख्रेल लाई प्रदेश सभामा भिडाउने निर्णय भएको माओवादी श्रोतले इन्द्रेणी अनलाइनलाई बताएको छ ।