काठमाडौं, ९ कार्तिक । छठ पर्व विभिन्न कार्यक्रम गरी मनाइदैछ । यो पर्वको मुख्य दिनका रुपमा रहेको आज बिहीवार साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ । यसका लागि तराई लगायत देशका पहाडी क्षेत्रमा समेत नदी र तलाउ किनारमा पूजाआजा गर्नका लागि सजिसजावट गर्ने काम भइरहेका छन् ।

333तराईका प्रायः सबै जसो स्थानमा छठ पर्व मनाइने भएकाले त्यहाँका मुख्य नदी र तलाउ वरिपरि विभिन्न फूल माला, झिलिमिलि बत्ति र रङ्गीविरङ्गी ध्वजा पताकाले सजाइएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

1२०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।

5

3