इन्द्रेणी संवाददाता
दाङ ४ कार्तिक । नेकपा माओवादी केन्द्र चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउनका लागि चुनावी अभियान सुरु गरेको छ ।

गएको भदौ २३ नै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं। ३ बाट उम्मेदवारी घोषणा गरेका थिए ।

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरी चुनाबी तयारीलाइ ब्यापक बनाइएको छ ।

निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय नेता अमिक शेरचन रहेका छन् । तीनवटै क्षेत्रमा पनि समिति गठन भएको छ । पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तिव्रता दिएको नेताहरुको भनाइ छ ।

निर्वाचनको तयारी स्वरूप यूवा ,विद्यार्थी महिलासाथै अन्य जनबर्गीय संगठनहरूको भेला तथा बैठकहरू भैरहेको निर्वाचन क्षेत्र न ३ का संयोजक सूर्य सुबेदी पथिकते बताय ।उनका अनुसार प्रदेस क्षेत्रगत रूपमापनि संयोजकहरू तोकी संगठन र जनपरिचालनका कामहरू भैरहेका छन् ।

हामीले चुनाबी तयारी बिषेस रणनिती बनायर अगाडी बढाएका छौ ,तिहारपछी बडादेखि टोलसम्म बिशेष रणनीति बनाएर चुनाब प्रचार प्रसारमा केन्द्रीत हुन्छौ ।संयोजक सुबेदीले बताए । खबर डबलीबाट