काठमाडौं, २९ असोज । नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दा बाहेक अरु नागरिकलाई केरुङ जान रोक लगाइएको छ ।
आउँदो मंगलबारदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले बताए । सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाका नागरिकले भने निर्वाध रुपमा आवतजावत गरिरहेका छन् ।
