शान्त कुमर बुढा मगर
मलेशिया २८ असोज । नेपाल मगर संघ मलेशियाको आयोजनामा मलेसियाको प्रमुख तीन सहरमा हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन शुक्रबार नेपाल आइडल टप ४ प्रतिस्पर्धी सागर आले सहितको कलाकार टिम मलेसिया आइपुगेको छ । एभरेष्ट कन्सर्ट ३ सागर धमाका नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रमका लागि आले संगै गायिका निरु श्रीश मगर गायक मान सुधन थापा मगर र चर्चित मोडल आरुसी मगर मलेशिया आइ पुगेका छन । संघले कलाकारहरूलाईको स्वागतका लागि बिहानै विमान स्थल पुगेको थियो ।

संघको तर्फ बाट अध्यक्ष पुश्मिता थाडा मगर वरिष्ठ उपाध्यक्ष दिपु पुलामी मगर महासचिव सागर गाहा मगर सचीव रुपेन आले कोषाध्यक्ष संजय मगर कार्यालय सचिब रमेश थापा लगाएत नेपाल मगर संघ मलेसियाको केन्द्रिय समिती संगै सुनुवार सेवा समाज सचीव प्रेम चन्द्र सुनुवार सहितको टिम बिमान स्थल पुगेर स्वागत गरेको थियो । संघले कलाकारहरुलाई रेस्टुरेन्ट मण्डलामा रात्री भोजको आयोजना गरिएको थियो । रात्री भोजमा अनलाइन मिडियाका रामचन्द्र नेपाल लगायत अन्य अनलाइन मिडियाको समेत उपस्थिति थियो ।
कलाकार हरुले पहिलो कार्यक्रम अक्टोबर १५ तारिखमा क्वालालम्पुरमा हुने तय गरिएको छ भने अक्टोबर १८ मा पेनाङ र अक्टोबर २२ मा जोहर बाहरुमा हुने संघले जनाएको छ । संघले कार्यक्रमको तयारी करिब करिब अन्तिम चरणमा पुगेको भन्दै कार्यक्रम सम्पन्न गर्न प्रायोजकको भुमिका निभाउनु हुने सम्पुर्ण प्रायोजक हरुलाई धन्यवाद ब्यक्त गरेको छ । साथै यस कार्यमा सहयोग पुर्याउने सम्पुर्ण बुद्धिजीवी, सल्लाहकार भुत पुर्वअध्यक्ष, कार्य समितीका पदाधिकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी सबै लाई कृतज्ञता व्यक्त गरेको छ । साथै संघले आफुलाइ पायक पर्ने स्थानमा गइ भरपुर मनोरञ्जन लिन हुन मलेसियामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेको छ ।











